Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

भ्याट छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख विरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । 

 


विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी–लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व चुहावट गरेको पाइएको छ । 

 

विभागले सन्तोषी–लोहनी जेभीका सञ्चालक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेलविरुद्ध पनि समान बिगो कायम गरेको छ । विभागका अनुसार उनीहरुले सर्वसाधारणको नागरिकता र सहीछाप दुरुपयोग गरेर रु ३३ लाख ३१ हजार २२ बराबरको भ्याट र रु ५९ लाख ४६ हजार ४६८ बराबरको राजश्व चुहावटसमेत गरेको पाइएको छ । सन्तोषी–रौताहा जेभीको नाममा उनीहरुले उक्त कसुर गरेको पाइएको विभागले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने

भारत र नेपालमा मात्र होइन, दुर्लभ वन्यजन्तुको अवैध कारोबारको चर्चा हुँदा एकै व्यक्ति तर फरक फरक (कोन्चोक, कुन्चोक, कोन्जोक र कुन्जोक) नाम सधैं चर्चामा हुन्थ्यो । अन्तर्रा...

चैत ६, २०७७