
देशमा विपत्को अवस्थामा स्वयमसेवाका लागि स्थापित अन्तर्राष्ट्रिय च्यारिटी संस्था स्काउट नेपालको पोखरा शाखाको लापरवाहीका कारण उसको पोखरास्थित कार्यालय लागूऔषध दुर्ब्यसनीको गन्तब्य बनेको छ ।
एभिन्युज खबरमा आइतबार प्रशारण भएको विशेष सामाग्रीमा त्यहाँको अवस्था यसरी बयान गरिएको छ । पत्रकार सुमन ढुङगानाले एभिन्युजको पोखरा ब्यूरोको सहयोगमा तयार गरेको सामाग्रीमा स्काउटको भवनको दुरुपयोग र उसको लापरवाही प्रष्ट हुन्छ ।
यतिसम्मकी एउटा समाजसेवी संस्थाको सरसफाई गर्न अर्को समाजसेवी संस्था पुग्नु परेको छ ।
भत्किएको भवन, अनि जमिन भरि छरपस्ट फालिएका प्रयोग भैसकेका सिरिन्ज अर्थात सुइ । यो दृश्यको बर्णनन्ले धेरैलाई लाग्नसक्छ यो कुनै अस्पतालको फोहोर फाल्ने स्थान हो ।
गलत ।
यो पर्यटकीय नगरी पोखरा महानगरपालिका वडा नम्बर चारमा रहेको नेपाल स्काउटको जिल्ला कार्यालयको दृश्यका बिषयमा बयान गरिएको हो ।
स्काउट हजारौ स्वयमसेवी भएको संस्था हो । तर उसकै कार्यालय सफा गर्न पुगे प्रकृतिलाई पुर्नजीवन भन्ने उदेश्यले स्थापना गरिएको हिल हिमालायजका युवाहरु । त्यहाँ पुगे पछि थाहा भयो नेपाल स्काउटको कास्की कार्यालय परिसर त लागुपदार्थ प्रयोगकर्ताको अखडा रहेछ ।
नेपाल स्काउट कास्कीको कार्यालय परिसर अत्यन्तै ठुलो छ , फुटबल मैदान नै छ त्यस भित्र । तर त्यहाँ फुटबल खेल्न हैन लागुपदार्थ सेवन गर्न र सुइ हान्न जान्छन पोखराका दुर्ब्यसनीहरु ।
पोखराकै प्रमुख बजार चिप्लेढुंगा बाट जम्मा १ किलोमिटरमै रहेको रामकृष्ण टोलमा स्काउटको कार्यालय छ । तर मध्य बजारमै यसरी लागुपदार्थ प्रयोग गर्ने अखडा हुँदा कुनै निकायको ध्यान गएको छैन । अरु को त कुरै छोडौ खुद स्काउटले समेत चासो देखाएको छैन । एक स्थानीय भन्छिन लागुपदार्थ प्रयोगकर्ताकै कारण कुन दिन के घटना हुन्छ भन्ने डर छ हामीलाई।
स्काउट कास्कीको कार्यालयको रेखदेखका लागि एउटा परिवार राखिएको छ । तर त्यहाँ आउने युवाहरुलाई उनीहरु केही भन्न सक्ने अवस्था छैन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit