
तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो, ‘दाई मलाई बचाउनु, चितुवाले आक्रमण ग¥यो ।’
मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न खोज्दै थियो । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवा कुमालमाथि नै जाइलाग्यो । चितुवामाथि एक्लै भिँडेका कुमालले चितुवाको खुट्टा समात्न पुगे, अनि लगत्तै टाउको पनि ।
दुई मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि उनका भाइ भेषबहादुर पनि घटनास्थल आइपुगे । कुमालले भाइसँग मिलेर चितुवालाई नियन्त्रणमा लिए ।
हल्लाखल्ला भएपछि गाउँले जम्मा हुन थाले । अन्य केही व्यक्तिको सहयोगमा चितुवालाई बाँध्न सफल भएको कुमालले बताए । ‘सुरुमा चितुवा देख्नेबित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भए पनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो,’ कुमालले भने, ‘करिब दुई मिनेट जति चितुवासँग घम्साघम्सी भयो ।’
कुमालका अनुसार चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको थियो । ‘चितुवा बुढो बुढो रहेछ, त्यसलाई बाँधेर राखेपछि प्रहरीलाई खबर ग¥यौं,’ उनले भने ।
नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयको भीड लागेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवा नियन्त्रणमा लिइएकोबारे जानकारी आएकाले टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।
तनहुँमा केही समय यता चितुवाको आतंक छ । जंगलमा आहारा नभएपछि चितुवा मानववस्ती छेउ आउने गरेको छ । विगत दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् ।
महाशाखाले अप्रेसन नै चलाएर छानबिन गरेपछि केही व्यक्तिले इपीएस परीक्षामा नक्कली परीक्षार्थी बनेर जाँच दिने गरेको रहस्य खुलेको छ । कोरियन भाषा पढाउने शिक्षकहरुले नै नक्कली...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit