Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

बीमा कम्पनीलाई विश्वसनीय बनाउछुः अध्यक्ष सिलवाल

बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने दाबी गरेका छन्  । उनले नीतिगत बिषयलाई फास्ट ट्रयाकमा लैजान मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । 


बीमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने सिलवालले योजना बताए । 

 

बिहीबार सिलवाललाई अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले सपथ गराएका हुन् ।  कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

 

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताए । 


उनले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताउदैं बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताए। कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाई छ । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उनले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै