
प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले यस्ता भेटवार्ताले नेपाल र युरोपियन युनियन बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको विज्ञप्तीमा भनिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit