
आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार बजेट सार्वजनिक गरेको भारतले नेपाललाई दिने वित्तीय अनुदान बढाएको छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएको मानिए पनि भारतले नेपाललाई दिने वित्तीय अनुदान भने बढाएको हो ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नेपाललाई दिने वित्तीय अनुदानमा २०२०/२१ को तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको जनाएकी छन् । यस वर्ष भारतले ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) वित्तीय अनुदान दिने भएको हो ।
२०२०/२१ मा भारतले नेपाललाई ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) विनियोजन गरेको थियो । पछि ८० करोड भारु थपिएको थियो ।
२०२०/२१ को अनुदान पनि २०१९/२० को तुलनामा आधा घटाइएको थियो । उक्त वर्ष भारतले नेपाललाई १२ अर्ब भारु वित्तीय अनुदान दिएको थियो ।
भारत सरकारले विदेश मन्त्रालयमार्फत नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ । उनले भुटानलाई ३० अर्बभन्दा बढी र श्रीलंकालाई २ अर्ब भारु दिने अनुदान दिने भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit