Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

उपरथीमा बढुवा भएका ढकाल र खड्काले लगाए फुली  

सरकारको ३ मंसिरको मन्त्रीपरिषद् निर्णयले सहायक रथीबाट उपरथीमा बढुवा भएका  सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।  

उपरथीमा बढुवा भएका  ढकाललाई पूर्वी पृतनाको पृतनापति तथा  खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती हुनु भएका ४ जना   महा–सेनानीहरुलाई समेत दज्र्यानी चिन्ह प्रदान भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेपाल आइपुगे भारतीय सेनाध्यक्ष नरवणे, माइतीघरमा बिरोध प्रर्दशन

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

मङ्सिर ६, २०७७

काज सरुवा भएका बाहिनीपतिहरुलाई गृहसचिवको निर्देशन, राम्रो गर्नुहोस अन्यथा राम्रो हुने छैन् 

गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा  काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् । 

मङ्सिर ६, २०७७

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

अमेरिकी श्रम विभागको तथ्यांक अनुसार इराक र अफगानिस्तान युद्धमा घाइते वा मृत्यु भएका ३०० नेपालीले अहिलेसम्म क्षतिपूर्ति माग गरेका छन् । तर हजारौं नेपाली संलग्न यो युद्धमा...

मङ्सिर ६, २०७७

देशभरमा अब चार थरिका कारागार, खुला कारागारमा कैदीलाई कामको सुविधा 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहसचिव महेश्वर न्यौपानेले खुला कारागार, प्रदेश कारागार, विशेष कारागार र संघीय कारागार गरी चार भागमा वर्...

मङ्सिर ६, २०७७