Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।

 

यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।

 

सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ ।

 

नेपाल स्टक एक्सेन्ज (नेप्से) मा दर्ता भएर दोस्रो बजारमा कारोबार गरिरहेको अजोड इन्स्युरेन्सको शेयर एकाएक उकालो लाग्नुको कारण व्यवस्थापन पक्षले नै दोस्रो बजारबाट ठुलो मात्रामा शेयर खरिद गरेको आशंका गरिएको छ । 

 

उक्त विषयमा केशव कोइरालाको नामबाट महानगरीय प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखाका नाममा समेत जाहेरी परेको थियो । 

 

जसमा शेयर बजारमा अजोडको मूूल्य उकालो लाग्नुमा कम्पनीले गर्ने निर्णय चुहिएको आशंका गरिएको छ । मंगलबारमात्रै कम्पनीले प्रतिशेयर ५० प्रतिशत हकप्रद शेयरको निर्णय गरेका सोे जाहेरीमा उल्लेख छ । 

 

No description available.

त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।

 

कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डले जनाएको छ ।

 

धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

 

सम्बन्धित समाचार: अजोड इन्स्युरेन्सको शेयर उकालो लागेपछि ‘इन्साइडर ट्रेडिङ’ आशंका !

सम्बन्धित समाचार: अजोड इन्स्योरेन्सविरुद्ध विस्तृत अनुसन्धान हुँदै

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै