Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

जोर्डनका पूर्व राजकुमारलाई किन नजरबन्दमा राखियो?

जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैनलाई घरमै नजरबन्दमा राखिएको छ । 

 

सत्ताधारीहरुले आफ्नो आलोचकलाई कारवाही गर्नेक्रममा हुसैनलाई पनि नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ । 

 

पूर्वराजकुमार हुसैनका वकिलले बीबीसीलाई पठाएको भिडियाबाट उक्त कुरा पुष्टि हुन्छ ।

 

हुसैन जोर्डनका वर्तमान राजा अब्दुल्लाका सौतेलो भाई हुन् । उनले देशका कयौं नेताहरुमाथि भष्ट्रचार, अक्षमता र उत्पिडनका आरोप लगाएका थिए ।

 

सुरक्षाका कारण भन्दै सत्ताधारीले थुप्रै मान्छेहरुलाई नियन्त्रणमा लिएका बेला पूर्वराजकुमारलाई पनि नजरबन्धमा राखिएको खबर बाहिर आएको हो । 

 

यसअघि सेनाले राजकुमारलाई नजरबन्दमा लिएको अस्वीकार गर्दै आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै