Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

यान्छीलाई फिर्ता बोलाएर नेपालमा नयाँ राजदूत पठाउँदै चीन

चीनले नेपालमा नयाँ राजदूत पठाउने भएको छ । अहिलेको राजदूत होऊ यान्छीको कार्यकाल सकिन लागेकाले नयाँ राजदूतको तयारीमा चीन लागेको हो ।

 

यान्छी सन् २०१८ को डिसेम्बरमा राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन् । उनी आएको २९ महिना भइसकेको छ । यसअघि नेपालमा आएका चिनियाँ राजदूतहरुले एक वर्षदेखि ५ वर्षसम्म कार्यकाल बिताएको छ । 

 

राजदूत यान्छीकै पालामा नेपालमा चिनियाँ राजदूत सी चीनफिङको भ्रमण भएको थियो । यसअघि बाहिरी देशको मामिलामा मौन देखिने चीनको कूटनीति पछिल्लो समय भने बाहिर देखिने गरी नै चलायमान देखिएको छ । 

 

यसक्रममा नेपालमा यान्छी राजदूतको रुपमा आएपछि नेपालको बिग्रँदो राजनीतिक मामिलामा चीनले बढी नै चासो दिएको छ, जुन कुरा भारतलाई टाउको दुखाइको विषय बन्दै आएको छ । त्यसैले यस बीचमा राजदूत यान्छीको सक्रियताबारे बीचबीचमा भारतीय सञ्चारमाध्यममा भ्रामक समाचार पनि आएको थियो ।

 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अब चीनले नयाँ राजदूत फेर्ने तयारी गरेको हो । राजदूत यान्छीले तत्कालीन नेकपा फुट्न नदिनका लागि प्रयास गरे पनि सफल भएकी थिइनन् । तर, विगतको तुलनामा उनको भूमिका भने सक्रिय र प्रभावकारी मानिएको छ । 

 

नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएको हो । यसबीचमा चीनको राजदूतको रुपमा २१ जना काठमाडौं आइसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै