
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि पुनः सुनुवाई हुँदैछ । शुक्रबार समयाभावका कारण सो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा ३० वटा रिटमाथि सुनुवाइ हुनेछ ।
प्रतिनिधिसभाका १४६ सांसदले संसद पुनःस्थापन गर्नुपर्ने माग गर्दै रिट हालेका छन् भने प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्त गर्नुपर्ने मागसहित चार वटा रिट परेका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने, प्रतिनिधि सभा विघटन गर्नुपर्नेलगायत माग राखेर विपक्षी गठबन्धनले रिट निवेदन दायर गरेका थिए ।
विपक्षी गठबन्धनको तर्फबाट १४६ सांसद नै सर्वोच्च अदालतमा उपस्थित भएर रिट निवेदन दायर भएको हो । यस्तै सर्वोच्च अदालतमा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्न पनि माग गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा दोस्रो पटक विघटन गरेकी हुन् ।
राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit