Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ, हामी जित्दै छौं : झाँक्री

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छन् । प्रहरी हिरासतबाट छुटेपछि पत्रकारसँको कुराकानीमा उनले देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी हुन् ।

 

‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दै छौं,’ उनले भनिन् ।

 

उनले राष्ट्रपतिविरुद्ध आलोचना गरेकोमा कुनै पश्चात्ताप नगर्ने बताएकी छन् । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन् । 

 

उनले राष्ट्रपति संस्था जहिल्यै सम्मान रहेको बताइन् । झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै