Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सेनाद्वारा शेफोक्सुण्डो निकुञ्जबाट हतियारसहित शिकारी पक्राउ


नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले हतियारसहित एक जना शिकारीलाई पक्राउ गरेको छ । 

 

 

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट जीवजन्तुको तस्करीमा संलग्न त्रिपुरासुन्दरी नगरपालिका–६ बस्ने ५३ वर्षीय लक्ष्मीचन्द्र शाही पक्राउ परेका हुन् ।

 

 

उनको साथबाट भरुवा बन्दुक एक थान, त्यसमा लाग्ने गोली १९ थान, छर्रा १ था, केप १ थान र बारुदको डब्बा १ थान बरामद गरिएको सेनाले जनाएको छ । 

 

 

यस्तै, शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामग्रीहरु पनि बरामद गरिएको छ । शाहीलाई आवश्यक कारबाहीको लागि निकञ्ज कार्यालयमा बुझाइएको सेनाले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै