Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

भिजिट भिसामा दुबई लगी बेच्न खोज्ने एक पक्राउ

भिजिट भिसामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका—७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मंगले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

 

 

भुजेलले ३५ वर्षीय एक पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै राहदानी बनाउन लगाएका थिए । २०७३ बैशाख २७ मा अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएका थिए । 

 

 

तर, राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिसामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो । 

 

 

ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले भुजेललाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । 

 

 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।    
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै