
महोत्तरीको गौशाला नगरपालिका–५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत घुस रकमसहित पक्राउ परेका छन् ।
घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत बस्नेतले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार बस्नेतलाई सेवाग्राहीसँग १५ हजार घुस रकम लिइसकेको अवस्थामा रकमसहित गौशाला नगरपालिकाको निगौल चोकबाट ना.१ झ ६८४ नं.को गाडीसहित नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
धरहरा निर्माण समयमै प्रगतिमा लगेकाले वाहवाही पाईरहेको रमण कन्स्ट्रक्सन प्राली नक्कली भ्याट बिल प्रकरणमा मुछिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit