Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

गण्डकीमा विपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने सांसद थापालाई जनमोर्चाले सोध्यो स्पष्टीकरण

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सरकार गठनका लागि विपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने सांसद कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थापालाई कारबाही प्रक्रिया सुरु गरेको जनाएका हुन् । 

 

जनमोर्चाको गण्डकी प्रदेशको संसदीय दलका नेतासमेत रहेका थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेका हुन् । आइतबार गण्डकीको मुख्यमन्त्री पदबाट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ प्रदेश सरकार गठन हुने क्रममा छन् ।

 

६० सदस्यीय प्रदेश प्रदेशसभामा  एमालेका २७ सांसद छन् । माओवादी केन्दका १२, नेपाली कांग्रेसका १५, जसपाका २, राजमोका ३ र १ स्वतन्त्र सांसद छन् ।

 

हाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा लगायत दलको गठबन्धनको प्रयास गरिरहेका छन् । दलहरुले बहुमत पु¥याउन नसके मुख्यमन्त्रीमा ठूलो दलको नेताको हैसियतले पुनः गुरुङ नै चयन हुने सम्भावना पनि छ । 

 

सरकार गठनका लागि विपक्षी गठबन्धनसँग आज अपराह्न ४ बजेसम्मको समय छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै