Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

स्रोत नखुलेको ४३ लाख र छडके तिलहरीसहित नागढुङगाबाट  १ जना पक्राउ

काठमाडौं प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ । 

 

नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००- ६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएको अवस्थामा रकम बरामद भएको हो । कार्टुन भित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र नेपाली बिनिमय हजार दरको १००० (हजार दर) को ३९०० (उन्नाचालीस)  थान र नेपाली ५०० (पाँच सयदरको)  ८०० (आठ सय)  थान गरि त्रिचालिस लाख रूपैयाँ फेला परेको हो ।

 

प्रहरीले सोधपुछ गर्दा उक्त रकम तथा सामान जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–५  सन्दिप कौशलको रहेको खुलेको थियो । प्रहरीले बरामद रकम र पक्राउ परेका कौशलका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै