Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

हाइड्रोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर इलामका २ जनाको मृत्यु

इलाम नगरपालिका–८ मा रहेको माईबेनी हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजे उक्त घटना भएको हो । 

 

हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका–५ सोयाङका २० बर्षीय शेखर ढकाल र उनका भाइ १८ वर्षीय प्रवीण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै