Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दक्षिणी ललितपुरमा प्रहरीको कारवाही जारी, विप्लवका सचिवालय सदस्य सहितका नेता पक्राउ परेको आशंका 

महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा जिल्लाको दक्षिणी भेगमा बुधबार बिहानबाट सुरु भएको विशेष कारवाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला सहितका नेता पक्राउ परेको आशंका गरिएको छ । 

 

ललितपुर प्रहरीकाे  विशेष फौजले ललितपुर र मकवानपुर जोडने क्षेत्रमा कारवाही गरिरहेको हो । 

 

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले कारवाही भइरहेको पुष्टिगर्दै पक्राउ परेका ब्यक्तिहरुको विवरण आफुले पाइनसकेको बताइन् । 


यता विप्लव समुह निकट रहेका र जानकारहरुले सामाजिक सञ्जालमा बाँस्तोला पक्राउ परेको विवरण सार्वजनिक गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै