Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

यसरी बढ्दै छ हनी ट्रयापको जालो

केही दिनअघि महानगरीय अपराध महाशाखाको टोलीले दुई महिलालाई पक्राउ ग¥यो । सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल पक्राउ पर्नुको कारण थियो, हनीट्रयाप ।

 

प्रहरीका अनुसार कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइन् । कोठामा पुुगेपछि अश्लील गतिविधिको भिडियो खिच्न कल्पनालाई लगाइन् । 

 

५२ वर्षे ती पुुरुषलाई ललिताले सुन्धारास्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरेर बोलाएकी थिइन् । एक वर्षदेखि चिनजानमा रहेका उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडियो खिचिएको महाशाखाले जनाएको छ । 

 

दुबैले पटक–पटक गरेर तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरिरहेको महाशाखाले जनाएको छ । तिनै लालसरी शाही र कल्पना हमालले वीरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकाका विरुद्ध ५ असोजमा जाहेरी दिएका थिए । बलात्कारको झुठो जाहेरी दिएकाले यही मुद्दामा अदालतले लालसरीलाई साढे तीन वर्ष कैदको सजाय सुनाएको छ । 

 

यस्तै लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २२ मंसिर २०७४ मा रिहा भएको महाशाखाले जनाएको छ ।

 

०००

 

महाशाखाको टोलीले आइतबार होटलमा भेट्न बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने महिला गिरोहलाई पक्राउ ग¥यो । पक्राउ पर्नेहरूमा जाजरकोट भेरी नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीय संगीता शाह, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१२ घर भई गोंगबु बस्ने २१ वर्षीय सुस्मिता गिरी र नुवाकोट ताडी नगरपालिका–३ घर भई स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाल छन् ।

 

महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार शाह र गिरीले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाएका थिए । त्यसपछि सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ सुरु गरेका थिए ।

 

उनीहरुले भिडियो म्यासेन्जरमा पठाएर ती पुरुषलाई ब्ल्याकमेलिङ गर्दै पटक–पटक गरी आठ लाख रकम असुलेका थिए । 

 

पछिल्लो केही दिनको अन्तरालतमा भएका घटना हुन् यी । युवतीको प्रयोग गरी पुरुषहरुलाई फसाउने र उनीहरुको गोप्य गतिविधिको भिडियो बनाई ब्लाकमेलिङ गर्ने कार्यलाई हनी ट्रयाप भन्ने गरिन्छ । 

 

प्रायः ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको देखिन्छ । प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ । 

 

महाशाखामा उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए । उनका अनुसार हनी ट्रयापका घटनामा विगतदेखि विभिन्न स्थानमा हुँदै आएका छन् । 

 

कोइरालाका अनुसार यस्तो गिरोहका महिलाहरुले विभिन्न सामाजिक सञ्जालमार्फत चिनजान बढाउँदै पुरुषहरुसँग मित्रता गर्ने गर्छन् । उनीहरुको निशानामा प्रायः जसो अलि उमेर भएका र पैसावाला व्यक्तिहरु पर्ने गरेका छन् । 

 

ती व्यक्तिहरुलाई होटलमा बोलाउने र भिडियो ब्लाकमेलिङ गर्ने गरेको पाइएको एसपी कोइरालाले बताए । पछिल्लो समय यस्ता घटनाहरु धेरै भइरहेको बताउँदै कोही पीडित भए प्रहरीको सम्पर्कमा आउन उनले अनुरोध गरे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै