
राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी ६ करोड ५२ लाख १३ हजार ७२६ रुपैयाँ राजस्व छली गर्ने मुख्य कारोबारीविरुद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दर्ता गरेको छ ।
विभागले बाराको विश्रामपुर–५ बस्ने सुलभ टे«ड कन्सर्नका प्रोपाइटर अमिरी ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो । ठाकुरको कम्पनीले वस्तु तथा सेवा नै खरिद नै नगरी नक्कली भ्याट बिलबाट भ्याट तथा आयकर छल्दै आएको जनाएको छ ।
उनले भ्याटतर्फ २ करोड १५ लाख र आयकरतर्फ ४ करोड ३६ लाख राजस्व चुहावट गरेको विभागको भनाइ छ । विभागले उक्त रकम बराबर बिगो असुल गरी जरिवाना तथा कैद सजाय पनि माग गरेको छ ।
नेपालको १० बर्षे सशस्त्र द्वन्द औपचारिक रुपमा अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको शुक्रबार १४ बर्ष पुरा भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit