Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

काठमाडौंमा युवतीमाथि चक्कु प्रहार गरी लुटपाट

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ ।

 

बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो । 

 

उक्त लुटपाटको अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 

सन्तोषले ती  युवतीलाई चक्कु प्रहार गरी घाईते बनाई रेमिटबाट उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै