Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बहिनीको नग्न तस्वीर खिचेर दिदीको सामूहिक बलात्कार गर्ने ट्राफिक प्रहरी पक्राउ 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला ट्राफिक कार्यालयमा दरबन्दी भएर लुम्बिनी क्षेत्रमा खटिएका ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरेको छ । साेही घटनामा संलग्न रहेका गुरूचरण चाैधरी समेत पक्राउ परेका छन् । 

 

रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले घटनाको पुष्टि गर्दै ट्राफिक प्रहरी जवान शर्मासहित तीन जना मिलेर एक महिलाको सामूहिक बलात्कार गरेको बताए । उनका अनुसार २३ कात्तिकमा स्थानीय कञ्चन गाउँपालिका–५ भैसहीमा बाटोमा हिंडिरहेका दुई जना महिलालाई उनीहरुले केरकार गरेका थिए । 

 

दिदी र बहिनी साथीको जन्मदिन मनाउन गइरहेको बताए पनि जिल्लामा ‘हाइ प्रोफाइल’ प्रहरी जवानका रुपमा बदनाम शर्माले झुठ बोल्ने भन्दै महिलाहरुलाई धम्काएका थिए । महिलाले आक्रोश व्यक्त गरेपछि शर्माले आफ्ना अन्य तीन जना साथीलाई बोलाएर दुवै महिलालाई नियन्त्रणमा लिएका थिए । 

 

‘बहिनीलाई नग्न बनाएर तस्वीर खिचे, त्यसपछि चार जनाले दिदीसँग करणी गरेको खुलेको छ,’ एसपी पोखरेलले पर्दाफाससँग भने,‘ घटनामा संलग्न रहेका दुईजना नियन्त्रणमा छन् ।’ उनका अनुसार घटनामा संलग्न अन्य दुई जना भारतीय नागरिक भएको खुलेको छ । 

 

प्रहरी अनुसन्धानमा सामूहिक बलात्कारमा परेकी महिलालाई घटनाका विषयमा कतै कसैलाई भने बहिनीको नग्न तस्वीर सार्वजनिक गर्ने भनेर धम्काएको खुलेको छ । त्यसपछि मौन रहेका उनीहरुले कतै उजुरी गरेका थिएनन् । तर अचानक ती महिलाका बाबुलाई कसैले आफ्नै छोरीको नग्न तस्वीर पठाएपछि उनी रुपन्देही प्रहरीको शरणमा पुगेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

मोरङको मिक्लाजुङमा २० वर्षपछि दोहरियो लमजुङको दुराडाँडाको दुखान्त 

करिब २० वर्षअघि पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई यही क्रुरताका साथ तत्कालिन बिद्रोहीले मारेका थिए । मंगलबार त्यही बिद्रोही समुहबाट अल...

माघ १२, २०७७