Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

जडीबुटीमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रुको मृत्यु


आइतबार बिहान ६ बजे जडीबुटीबाट पेप्सीखोला जाने बाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रु दुवै जनाको मृत्यु भएको छ । 

 

सिंन्धुली घर भई मूलपानी बस्ने २८ वर्षीय रामकुमार श्रेष्ठले चलाएको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएको हो । चालक श्रेष्ठसहित सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने पैदलयात्री गणेश तिमिल्सिनाको मृत्यु भएको छ । 

 

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
 

प्रतिक्रिया

1
  • Svamfc

    फाल्गुण ३, २०७८

    tadalafil generic - tadalafil dosage cialis 10mg sale

प्रतिकृया थप्नुहोस्
  • Svamfc

    फाल्गुण ३, २०७८

    tadalafil generic - tadalafil dosage cialis 10mg sale

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै