Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

उपाध्यक्ष, गभर्नर, मन्त्री र सल्लाहकारपछि अब युवराज खतिवडा राजदूत 

राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी छन् । 


उनलाई १५ असोजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार पदमा कार्यरत रहेका समय अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो  ।


उनी सल्लाहकार अघि अर्थमन्त्री, त्यसअघि गभर्नर र झन त्यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । 


मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले पूर्वमन्त्रीसमेत रहेका खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ती मार्फत सूचना सार्वजनिक गरेका हुन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,  घिमिरे जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने

भारत र नेपालमा मात्र होइन, दुर्लभ वन्यजन्तुको अवैध कारोबारको चर्चा हुँदा एकै व्यक्ति तर फरक फरक (कोन्चोक, कुन्चोक, कोन्जोक र कुन्जोक) नाम सधैं चर्चामा हुन्थ्यो । अन्तर्रा...

पुस ८, २०७७