Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

मुख्य न्यायाधीश सुवेदीको योग्यता विवादको रिटमा आज सुनुवाइ


सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।

 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको हो । १३ चैतमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुग्ने भन्दै न्यायपरिषदविरुद्ध रिट दायर गरेका थिए ।

 

संविधानको धारा ११९ ले तोकेको योग्यता नपुगेको रिट उल्लेख छ । सर्वोच्च अदालतको न्यायाधीश हुन उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशका रुपमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने प्रावधान छ ।

 

तर सुवेदी ३ वर्षदेखि मात्र उच्च अदालतको मुख्य न्यायाधीश रहेको रिटमा जनाइएको छ । २८ फागुनमा बसेको न्यायपरिषदको बैठकले सु्वेदीसहित उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

पूर्वमन्त्री पाण्डेको भ्रष्टाचार मुद्दामा आदेश दोहराउदै विशेष अदालत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेका पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनक...

चैत १८, २०७७