Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

दार्जिलिङकी दुई महिला झापामा १५० ग्राम ब्राउनसुगरसहित पक्राउ


झापाको मेचीनगर नगरपालिका–१५ फडानीस्थित कासघारीबाट इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउनसुुगरसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।

 

भारत दार्जिलिङ मैनागुडी थाना खोरीबारी बस्ने २७ वर्षीया सुनिता हेमरन र ३२ वर्षीया अनिता हेमरनलाई पक्राउ गरिएको हो । प्रहरीले जाँचको क्रममा उनीहरुको साथबाट १५० ग्राम ब्राउनसुगर बरामद गरेको छ । 

 

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै