Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

व्यापारिक सहकार्यबारे पाकिस्तानका व्यवसायीसँग राजदूत अधिकारीको छलफल


पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सोमबार पाकिस्तानको रावलपिन्डी चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (आरसीसीआई) का सदस्यहरुसँग भेटघाट गरेका छन् । सो क्रममा उनले चेम्बरका अध्यक्ष मोहम्मद नासिर मिर्जालगायत सदस्यसँग छलफल गरेका थिए ।

 

सो अवसरमा द्विदेशीय व्यापार र उद्योगका क्षेत्रमा सहकार्यबारे छलफल भएको राजदूत अधिकारीले जनाएका छन् । नेपाल र पाकिस्तानबीच पर्यटन क्षेत्रमा सहयोग बढाउनुपर्ने आवश्यकताबारे पनि सो भेटघाटमा चर्चा भएको थियो । 

 

राजदूत अधिकारीले आरसीसीआईका सदस्यहरुलाई व्यवसाय तथा लगानीको अवसरका लागि नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका थिए । उनले व्यापार, पर्यटन, कृषि लगाइ क्षेत्रमा सहकार्यका लागि नेपाल र पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेपालको नयाँ परराष्ट्र नीतिः ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ 

सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।  परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति...

चैत १७, २०७७