Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सशस्त्र प्रहरी–अमेरिकी सेनाबीच सहकार्यमा चिकित्सा प्रतिकार्य तालिम

सशस्त्र प्रहरी बल र अमेरिकी सेनाबीचको सहकार्यमा कास्कीको पोखरामा पहिलो चिकित्सा प्रतिकार्य तालिम सम्पन्न भएको छ । दुर्घटना वा विपद्को समयमा अत्यावश्यक सीपहरुको बारेमा तालिम दिइएको हो । 

 

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी मन्दीप श्रेष्ठका अनुसार उक्त तालिम ३ पुसदेखि ८ गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा ४ जना सशस्त्र प्रहरीकै प्रशिक्षक थिए भने कुल सहभागी १८ जना थिए । 

 

अमेरिकी सेना र नेपाली सुरक्षाकर्मीबीचको सहकार्यमा बेलाबेलामा यस किसिमको तालिम सञ्चालन हुँदै आएको छ । 

 

‘गएको साता सशस्त्र प्रहरी बल, नेपाल र अमेरिकी सेनाको सहकार्यमा पोखरामा पहिलो चिकित्सा प्रतिकार्य तालिम सम्पन्न भयो । दुर्घटना वा विपदको समयमा अत्यावश्यक हुने यी सीपहरूबारेको विज्ञता आदान–प्रदान र अनुभाव बाँड्ने यस्ता कार्यक्रमहरू नेपाल–अमेरिका सम्बन्धको झन्डै ७५ बर्षमा जस्तै विपद् व्यवस्थापन पूर्वतयारी सम्बन्धी साझेदारीको एक भाग हो,’ नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
 

प्रतिक्रिया

101
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै