
सिन्धुपाल्चोकको चौतारा घर भएका १९ वर्षीय रमेश खत्रीले केही वर्षदेखि काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्दै आएका थिए । बा ४ ख ४२१ नम्बरको बसमा काम गर्ने उनी राति त्यही बसमा सुत्थे ।
कलंकीको स्यूचाटारमा गत साउन २८ मा बसमा सुतेका उनीमाथि अचानक आक्रमण भयो । आक्रमणकारीबाट कुटपिट उनको ज्यानै गयो । कालीमाटी प्रहरीले त्यसको दुई सातापछि खत्रीको हत्यामा संलग्नलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा सिरानचौर गाउँपालिकाका १८ वर्षीय सुरेश परियार छन् । परियारलाई चितवनको पोखरा बसपार्कबाट प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
खत्रीलाई परियारले ढुंगाले हिर्काएर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । परियारले ज्याकेटभित्र ढुंगा बेरेर हिर्काएर खत्रीको हत्या गरेका थिए । हत्यापछि मृतकको कपडा र मोबाइल बोकेर उनी फरार भएका थिए ।
प्रहरीका अनुसार सुरेश घटनाअघि काठमाडौंमै गाडीमा काम गर्थे । मृतक खत्री र परियारबीच पहिलेदेखि चिनजान थिएन । त्यसैले हत्या गर्नुमा चोरी नै मुख्य उद्देश्य हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीका अनुसार खत्रीसँग २/३ हजारभन्दा बढी रकम थिएन । लुट्ने उद्देश्यले आक्रमण गर्दा उनको ज्यान गएको प्रहरीको अनुमान छ । परियार लागूऔषध पनि सेवन गर्ने भएकाले त्यसलाई खरिद गर्न पनि चोरी गरेको हुनसक्ने प्रहरीले जनाएको छ । हत्यापछि उनी भागेर चितवन पुगी गाडीमा काम गर्दै आएका थिए ।
परियारलाई ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
tadalafil 5mg price - cialis 10mg generic brand tadalafil 5mg
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 5mg price - cialis 10mg generic brand tadalafil 5mg