
पाकिस्तानको इस्लामावादमा आयोजित एमओएफए च्यारिटी बजारमा त्यहाँस्थित नेपाली दूतावास सहभागी भएको छ । दूतावासले एक स्टलमा नेपालको पारम्परिक उत्पादन, क्युरियो सामग्री र पर्यटनसम्बन्धी उत्पादनहरु प्रदर्शन गरेको थियो ।
दूतावासले उक्त बजारको फूड फेस्टिभलमा सहभागी हुँदै ममको परिकार प्रस्तुत गरेको थियो । कार्यक्रममा मुख्य अतिथि पाकिस्तानका राष्ट्रपतिकी पत्नी (प्रथम महिला) समिना अल्वी र अन्य उच्चस्तरीय व्यक्तिहरु सहभागी थिए ।
उनीहरुले नेपालको उत्पादनबारे चासो व्यक्त गर्नुका साथै जानकारी लिएको नेपाली दूतावासले जनाएको छ । उक्त बजारमा पाकिस्तानस्थित विभिन्न देशका दूतावास, पर्यटन उद्यमी, होटल तथा अन्य व्यवसायीले स्टल राखेका थिए ।
कार्यक्रमको अवधिमा पाकिस्तानी तथा अन्य देशका नागरिकलाई नेपाली स्टलको पनि भ्रमण गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit