Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बाँसको मुंग्रो र ढुंगाले हानेर हत्या गरेको आरोपमा तीनजना पक्राउ 

मोरङको कटहरी गाउँपालिकाका ५० वर्षीय एक पुरुषको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार कटहरी–२ का तुलसी श्रेष्ठलाई शनिबार राति साढे १० बजे खेतमा बाँसको मुङ्ग्रो, ढुंगालगायतका औजारले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा सोही गाउँपालिकाका ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र २८ वर्षीय नितेश चौधरी पक्राउ परेका हुन् । 

 


उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । आपसी विवादको क्रममा उनीहरुले श्रेष्ठको हत्या गरेको प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार अहिले उनीहरुमाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै