Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ ।

 

शुक्रबार एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबिआईका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा, सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टम बाट आउने रकम  सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढी सहायक प्रतिनिधि मार्फत भुक्तानी हुनुका साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिट्यान्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।

 

यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहनुभएका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ ।   

प्रतिक्रिया

सम्बन्धित समाचार सबै