Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

फाइल तस्बिर

प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।

 

 

सिंहले बिभिन्न ब्यक्तिहरूलाई  साझेदारीमा जग्गा र जमिन खरिद गर्ने, ब्यापार ब्यवसाय सञ्चालन गर्ने भनी प्रलाेभनमा पारी  रकम लिने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्चात उनी फरार भएका थिए ।

 

 

अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३२ काँडाघारीबाट उनलाई नियन्त्रणमा लिएको थियो ।

 

 

साथै यसअघि पनि उनले अर्का एकजना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

 

 

उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै