Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्ने

प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खुलाउने भएको छ ।

 

 

आयोगको अनुसार खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गर्न लागेको हो । आयोगले विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने पनि जनाएको छ । पुस १४ देखि माघ १४ सम्म नियमित दस्तुर र माघ २० सम्म दोब्बर दस्तुरमा परीक्षा आवेदन फारम भर्न सकिने आयोगले जनाएको छ । परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगका एक अधिकारीले बताएका छन् ।

 

 

आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि २ हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ । आयोगले आगामी चैतमा सबै तहको लाइसेन्स परीक्षाका लागि विज्ञापन गर्ने गृहकार्य गरिरहेको जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै