Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नेकपा माओवादी केन्द्रको महाधिवेशन २ दिन लम्बिने

नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन थप २ दिन लम्बिन सक्ने नेता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

 

 

पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको उनको भनाइ छ ।

 

 

नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन काठमाण्डौमा चलिरहेको छ । सोमबारदेखि बन्द सत्र सुरु भएको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै