Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

आफ्नै खेतमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटियो महिलाको शव, देवर र ससुराले हत्या गरेको माइतीको आरोप

जनकपुरमा  एक महिलाको शव आफ्नै खेतमा खोल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ । गत जेठ महिनाको १९ गतेदेखि वेपत्ता २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा खाल्डो खनेर गाडिएको र सडेको अवस्थामा भेटिएको हो ।


महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका बारेमा खोजतलास गर्ने क्रममा प्रहरीले उक्त शव भेटाएको हो । 

 

माइती पक्षले भने सुजिताको शव देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससूरा पतिराम ठाकुर सहित परिवारजनले हत्या गरेर गाडेको आरोप लगाएका छन् । मृतक सुजिताका दाजु शिवम पाण्डलेका अनुसार यसअघि पनि उक्त परिवारले बहिनीलाई ज्यान मार्ने धम्की दिएका थिए । 

 

बहिनी हराएको दिन अघि देवरले फोन गरेर सुजिताले झै–झगडा भन्दै फोन गरेको तर एकपछि पछि सबै मिलिसक्यो आउनुपर्दैन भनेको समेत शिवमले बताएका छन। पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर आफूलाई भनिएको शिवमले बताए । यद्दपी बहिनीको कोठामा हेर्दा सर-सामानहरु लत्ताकपडा, गरहनाहरु सबै त्यही रहेकाले आफूहरुलाई शंका लागेर प्रहरीमा उजुरी दिएको उनले बताए । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश कुमार आर्चाका अनुसार प्रहरीले अनुसन्धानको क्रममा खेतमा गिलो माटो भएको ठाउँमा गाडिएको अवस्थामा सुजिताको शव भेटिएको छ । थप अनुसन्धान जारी रहेको उनले बताए । 

 

मृतक सुजिताका श्रीमान् सुस्त मनस्थितीका छन् । हाल पनि उनी श्रीमतीबारे बेखबर छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै