
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको पाँचौं सूची सार्वजनिक गरेको छ । साेमबार सार्वजनिक भएकाे पाँचाै सूचीमा ३००७ जना बढुवा सिफारिस भएका छन् ।
योसँगै १२४०९ जना सिपाही बढुवा सिफारिस भएका छन् । अझै बढुवा सिफारिस हुन २१५८ जना बाँकी छन् ।
बढुवा समितिको सोमबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३००७ जनालाई बढुवा सिफारिस गरेको हो । यसअघि आइतबारमात्रै ३१५८ र शनिबार १२०५ जनालाई बढुवा सिफारिस गरिएको थियो ।
समितिले शुक्रबार ३२८७ जना र बिहीवार १७५२ जना सिपाहीलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको थियो ।
पाँचौ सूचीमा २०६९ मा भर्ना भएका प्रहरी जवानहरुलाई बढुवा सिफारिस गरिएको छ ।
हेर्नुहोस बढुवा सिफारिस सूचीः
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit