
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको छ ।
आइतबार साँझ उक्त आयोजनाको सुरुङमार्गमा रहेको फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । विद्युत् उत्पादनको अन्तिम तयारीमा पुगेको उक्त आयोजनामा पानी परीक्षण गर्ने क्रममा विस्फोट हुँदा परियोजनाका व्यवस्थापक गम्भीर घाइते भएका छन् भने २ जना इन्जिनियरको मृत्यु भएको छ ।
उक्त घटना हुने बित्तिकै घाइते भएका २९ वर्षीय सुवासराज रेग्मी र २९ वर्षीय अर्जुन थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउनासाथ उनीहरुलाई मृत घोषणा गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर रुपमा रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियरका रुपमा थापा उक्त आयोजनामा कार्यरत रहेका थिए ।
घाइते भएका हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौस्थित ग्राण्डी अस्पताल लगिएको छ । उनको कम्मरमुनिको भाग नचल्ने स्थितिमा रहेको ग्राण्डी अस्पतालले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit