
कोलोम्बियामा राष्ट्रपति चढेको हेलिकोप्टरमा गोली प्रहार भएको छ ।
राष्ट्रपति आइभन डुकसहित उच्च अधिकारीहरु चढेको हेलिकोप्टरमा भेनेजुयलाको सीमानजिकैको गोली प्रहार भएको हो ।
बीबीसीका अनुसार हेलिकोप्टरमा रहेका राष्ट्रपतिसँगै रक्षा मन्त्री डियगो मोलानो, गृह मन्त्री ड्यानियल पालासियससमेत थिए ।
हेलिकोप्टरको माथिल्लो भागमा गोली लागेर गएकाले ठूलो क्षति भने नभएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा भिडिओमा हेलिकप्टरमा गोलीका दागहरू देखिएपनि कुनै मानवीय क्षति भने भएको छैन ।
राष्ट्रपति डुकले उक्त आक्रमणलाई कारयताको संज्ञा दिएका छन् । उनले आतंकवाद र लागु औषध ओसारपसार तथा संगठित अपराधविरूद्धको आफ्नो लडाइँ नरोकिने जनाएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit