Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कंगोको इटुरीमा सशस्त्र समूहलाई हटाउन शान्ति सैनिकको टोली सफल

कंगोमा खटिएको नेपाली शान्ति सेनासहितको टोलीले इटुरी राज्यमा सशस्त्र समूहलाई हटाउन सफल भएको छ । 

 

संयुक्त राष्ट्र संघको मिसनमा संलग्न टोलीले ती क्षेत्रमा अपरेसन सञ्चालन गरेको थियो । यसअघि सोही क्षेत्रमा मिसनको क्रममा विद्रोहीको आक्रमणमा परी नेपाली सेनाका प्यूठ अनिल गुरुङको मृत्यु भएको थियो । 

 

अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ गुरुङ घाइते भएका थिए । बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै