Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

मन्त्रीका पिएसओ मृत फेला

मृतक प्रहरी हवल्दार रमेशदत्त जाेशी ।

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।

 

 

 मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिसओ’ हुन् । उनी धनगढी उपमहानगरपालिका–३ स्थित गुरुद्वारामार्गको आफ्नै घरमा मृत फेला परेको डीएसपी जोशीले बताए ।

 

 

 उनी घरमा एक्लै थिए । उनका परिवारका अन्य सदस्यहरू भने आफन्तको बिहेमा गएका थिए । उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ ।

 

 

परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउँदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटेको बताइएको छ । अहिले शवको मुचुल्का गरेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

 

 

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । 

प्रतिक्रिया

1
  • Kqnovk

    फाल्गुण २, २०७८

    buy generic tadalafil - purchase cialis online oral tadalafil

प्रतिकृया थप्नुहोस्
  • Kqnovk

    फाल्गुण २, २०७८

    buy generic tadalafil - purchase cialis online oral tadalafil

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै