Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गर्ने १ पक्राउ 

मोरङमा ८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

 

 

बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले आफ्नै बुबा दल बहादुर खत्रीलाई कुटपिट गर्दा मृत्यु भएको हो । 

 

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा वादविवाद तथा झै–झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु  भएको प्रहरीले जनाएको छ ।

 

उक्त खबर  प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जयबहादुरलाई बुधबार राति नियन्त्रणमा लिएको थियो ।

 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै