Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सत्ता गठबन्धनको बैठक : सरकारलाई पूर्णता दिने जिम्मा शीर्ष नेतालाई

फाइल तस्बिर

सत्ता गठबन्धनको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा पार्टीका शीर्ष नेतालाई दिएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार छिटै गर्न शीर्ष नेतालाई उक्त जिम्मेवारी दिएको हो । 

 

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए ।

 

सरकार गठन भएको तीन महिना पुग्न लागे पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । थुप्रै मन्त्रालय अझै मन्त्रीविहीन हुँदा सरकारको आलोचना पनि बढ्दै गएको छ । यसबीचमा सत्ता गठबन्धन दलका नेताबीच पटकपटक छलफल र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । 

 

आइतबारको बैठकमा छिट्टै अध्यादेश, मन्त्रालयको भागबण्डा, मन्त्रिपरिषद विस्तार र गठबन्धनलाई दिगो बनाएर लैजाने जस्ता विषयमा छलफल भएको हो । सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्ने जिम्मा पनि शीर्ष नेतालाई  दिइएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए । ‘अबको एक दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउँछ,’ उनले भने । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै