Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

इजरायलद्वारा युएईका लागि पहिलो राजदूत नियुक्त

इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् । 

 

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए । राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए । 

 

उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् । ‘हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं,’ विदेश मन्त्री लापिडले भने । 

 

उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउँदै दुवै पक्षको हितका कामहरु हुने आशा गरिएको बताए । 

 

गत वर्षको साउनमा इजरायल र युएईबीच दुई देशको सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका थिए ।

 

यस अघिसम्म इजरायलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिएन । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरालयको कूटनीतिक सम्बन्ध थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

चीन र भारतसँग नेपालको सम्बन्ध देश जस्तै स्वतन्त्र 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । 

साउन ११, २०७८