Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

डाक्टर दीपक बीसी बनेर अछाममा ठगी 

आफूलाई त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको डाक्टर हुँ भन्दै अछाममा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भन्दै ठगी गरेको आरोपमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिक पक्राउ परेका हुन् । 

 


उनले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको आरोप छ । 

 


बिकले छात्रवृतिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटकपटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै