Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अमेरिकी पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ 

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो । 

 


पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर बम्जन रहेका छन् । 

 


उनीहरुको साथमा मेड इन यूएसए लेखिएको एक थान पेस्तोल, दुई थान म्यागजिङ र चार राउण्ड गोलीसहित बरामद गरिएको छ ।

 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै