Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

डिभिजन वन कार्यालय मुगुका वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

 

मुगुको सोरु गाउँपालिका–१ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मूल्यांकन गरी झूठा बिल बनाएको र योजनाको विनियोजित रकम पूरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

 

डिभिजन वनका वन अधिकृत भरतबहादुर बूढाथापा, सबइन्जिनियर गोरसिंह बढुवाल, तत्कालीन असिस्टेन्ट सब इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको छ । 

 

उनीहरुलाई ८ लाख ८७ हजार बिगो कायम गरी कैदसजाय गर्न अख्तियारले अदालतमा मागदाबी गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै