Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

युक्रेनी राष्ट्रपतिले भने – आत्मसमर्पण पनि गर्दिनँ, देश पनि छाड्दिनँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो राख्दै आत्मसमर्पण नगर्ने बताएका छन् ।

 

 

उनले रुसी सेनाले युक्रेनमा गरेकाे आक्रमणको विरोध गर्दै यस्तो भनेका हुन् । उनले देशको रक्षाका निम्ति सदैव लड्न तयार रहेकाले हतियार नछोड्ने दाबी गरेका छन् ।

 

 

जेलेन्स्कीले राजधानी कीभको सडकमा हिंड्दै गरेको भिडियो रेकर्ड गरेका थिए । सञ्चार माध्यमहरुबाट युक्रेनले आत्मसमर्पण गरेको भन्ने समाचार बाहिरी रहेको अवस्थामा उनले त्यस्को जवाफ दिनका लागि भिडियो बनाएको बताइएको छ । 

 

 

भिडियोमा कीभको गोरोडेत्स्की हाउसको अगाडि सडकमा हिड्दै गरेको समयमा जेलेन्स्कीले बनाएका हुन् ।

 

 

यसअघि राष्ट्रपति जेलेन्स्कीलाई युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको थियो । तर, उनले त्यो आग्रहलाई अस्वीकार गरेका थिए । एजेन्सीको सहयोगमा
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै