
भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए ।
नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकको गुनासोलाई सम्बोधन गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबनधक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो ।
दूतावासका अनुसार उपस्थित भारतीय नागरिककोे गुनासाहरु सम्बोधन गरिएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit